Logo

आँचल शर्मा भन्छिन्–‘स्वस्तिमा खड्का नै नेपालको नम्वर वान नायिका हो’ (भिडिओसहित)



काठमाडौं, ७ भदौ । चर्चित नायिका आँचल शर्माले आफ्नो सबै नायिकाहरुसँग हाईहलोको सम्बन्ध रहेको बताएकी छिन् । उनले भनिन्,‘मेरो सबै नायिकाहरुसँग एकदमै राम्रो सम्बन्ध छ । कोही पनि नायिकासँग मेरो नराम्रो सम्बन्ध छैन् । झगडा हुने त कुरै भएन नि । मेरो नजरमा स्वस्तिमा खड्का त नेपालको नम्वर वान नायिका हो ।’ प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

पत्रकार धमलाले स्वस्तिमा किन तपाईँको नजरमा नम्वर वान नायिका ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘पहिलो कुरा त मलाई उहाँको काम राम्रो लाग्छ, उहाँ व्यक्ति मसँग पनि राम्रो हुनुहुन्छ । दुवै राम्रो भएकोले मलाई लाग्छ । मेरो आँखाले उहाँ नेपालको नम्वर वान नायिका देख्छ ।’ धमलाले नेपाली चलचित्र उद्योगमा आँचल शर्माको पोजिसन के त ? भनेर राखेको अर्को प्रश्नमा उनले फ्याट्ट जवाफ फर्काईन्–‘आँचल शर्मा त लाष्ट । सुरुवाती चरणमा छ । संघर्षरत । जिरो ।’



प्रतिक्रिया दिनुहोस्