सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँड टुँगो लगाउने


काठमाडौं, ७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । आगामी मसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँडबारे आजको बैठकमा छलफल भैरहेको जनाईएको छ ।

गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ । तर, गठबन्धनमा आवद्ध अरु दलले भने कांग्रेसलाई १०० सिटको दाबीमा लचकता अपनाउन कांग्रेस नेतृत्वसमक्ष आग्रह गरेका छन् । पछिल्लो समय गठबन्धनमा सिट बाँडफाँडबारे ०७४ मा जुन दलले जितेको हो ती सिट लिने पनि सहमति भएको चर्चा छ ।

यसअघि गठबन्धनले सिट बाँडफाँडबारे कार्यदल बनाएको थियो । कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनाईएको कार्यदलले आवश्यक गृहकार्य र छलफलपछि प्रतिवेदन शीर्ष नेतालाई बुझाईसकेको छ । file photo