Logo

किन ड्रेसको रङ्ग मिलाएर देउवा भेट्न बालुवाटार पुगे ओली



काठमाडौं, ८ भाद्र । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रोपटक भेट्न बालुवाटार पुगे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । आफ्ना दुई विश्वासपात्रहरु सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई लिएर पुग्दा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिल्यै बालुवाटार पुगिसकेका थिए ।

देउवा भेट्न जाँदा ओली नीलो कोट र पाइन्टमा थिए । देउवा पनि गाढा नीलो कोटमै थिए ।

ओली देउवासँग भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय गठबन्धन बनाउने र बन्न नदिने खेलहरु भइरहेको छ । गठबन्धन बन्दा काँग्रेस र एमाले दुवैलाई घाटा पर्ने विषय उठिरहेको छ । एमालेभित्र दुई पार्टी प्रणालीको विषय पनि बहसमा छ ।

ओलीले देउवालाई एक्ला एक्लै चुनाव लड्ने वातावरण बनाउनेबारे सन्देश पठाउँदै आएका छन् । देउवा र ओलीबीचको संवादमा ज्ञानेन्द्रबहादुर कार्कीले समन्वयको भूमिका निभाउँदै आएका छन् ।

देउवा र ओली एउटै रङ्गको कोटा भेटेर फोटो सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ । दुई नेताबीच चुनावबारे महत्वपूर्ण छलफल भएको बुझिएको छ । ओलीले दुई मुख्य दलको विवादले कमजोर दलहरुले फाइदा उठाउन खोजेकोतर्फ गम्भीर हुन सुझाव दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot