काठमाडौं, ८ भदौ । शेयर बजारमा आज सामान्य अंकले वृद्धि भएको छ ।
साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक २ दशमलव ८६ अंकले बढेर २०५७ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६० विन्दुमा पुगेको हो ।
आज नेप्सेमा २२३ कम्पनीको ३३ हजार ६६५ पटक शेयर कारोबार भएर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता खरिद विक्रि भएको छ ।




प्रतिक्रिया