Logo

आज थप ४८७ संक्रमित थपिए, एक जनाको मृत्यु



काठमाडौं, ८ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ सय ६ पीसीआर र २३ सय ७१ एन्टिजेन परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १६४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ भने देशभर ४२ सय ९८ सक्रिय संक्रमितको संख्या रहेको छ ।

मन्त्रालयको अनुसार एकैदिनमा ३९ हजार ४४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्