Logo

युक्रेनको स्वतन्त्रता दिवसमा रुसद्वारा रकेट प्रहार



एजेन्सी, ९ भदौ । यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध छेडेको थियो । रुसले यो युद्ध एक साताभित्र अन्त्य गर्ने विश्वास गरिएको थियो तर ६ महिना बितिसक्दा पनि रुसको अधिकांश सफलता पूर्वी युक्रेनबाट पायो ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार युक्रेनको ३१ औं स्वतन्त्रता दिवसमा रुसले चलिरहेको रेलमा रकेट प्रहार गरेको छ । पूर्वी युक्रेनमा रुसको कब्जामा रहेको डोनेट्स्कबाट १४५ किलोमिटर पश्चिममा रहेको सानो सहर चापल्नेमा रेलका चारवटा बोगीमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

युक्रेनले स्वतन्त्रता दिवस २४ अगस्तमा मनाउँदै आएको छ । सोही दिन युक्रेनमा रुसी आक्रमणको ६ महिना पूरा भएको थियो । अमेरिकी चेतावनीपछि युक्रेनमा रुसी आक्रमणको आशंकाका कारण कीभमा स्वतन्त्रता दिवस मनाइएन । एजेन्सीको अनुसार ६ महिना लामो रुस युक्रेन युद्धमा नौ हजार युक्रेनी सैनिक मारिएका छन् । यसको आधा जनसंख्या बसाइ सरेको छ। २० भन्दा बढी रुसी कमाण्डर मारिए।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा भनिएको छ– रुसले आगामी दिनमा युक्रेनी नागरिक पूर्वाधार र सरकारी भवनमा आक्रमण गर्ने प्रयासलाई तिब्रता दिइरहेको जानकारी हामीसँग छ । युक्रेनमा रुसको ट्र्याक रेकर्डलाई ध्यानमा राख्दै, हामी रुसी आक्रमणबाट नागरिक र नागरिक पूर्वाधारमा पर्ने खतराको बारेमा चिन्तित छौं।



प्रतिक्रिया दिनुहोस्

Screenshot