Logo

ऋषि धमलाको कार्यक्रममा मुक्ति प्रधान र दिनेश त्रिपाठीबीच झण्डै हात हालाहाल (भिडिओसहित)



काठमाडौं, ९ भदौ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संसलाई कानून बनाउने अधिकार भएपनि संविधान र न्यायको दायरालाई नाघेर कानून वा विद्येयक बनाउन नहुने बताएका छन् । त्रिपाठीले संक्रमणकालिन न्यायसम्बन्धी कानूनको विषयमा आपत्ति जनाएका हुन् ।

उनले उक्त विद्येयक पूर्ण रुपमा पूनर्लेखन गर्नुपर्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले माओवादीले निर्दोष जनताको हत्या गरेको गम्भीर आरोप लगाएका थिए । त्रिपाठीले भने,‘माओवादील पत्रकार डेकेन्द्र थापालाई मार्यो, यसको प्रमाणबारे के बोल्नु ? अदालतले नै फैसला गरिसक्यो त ।’

उता, अर्का वक्ता माओवादी केन्द्रका नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले त्रिपाठीहरुले नेपाली समाजलाई च्यालेन्ज गरेर बसेको आरोप लगाए । त्रिपाठीलाई देखाउँदै उनले भने,‘तपाईँले लोकतन्त्रलाई च्यालेन्ज गर्नुहुन्छ । स्थापित शान्तिलाई च्यालेन्ज गर्नुहुन्छ । संविधानलाई च्यालेन्ज गर्नुहुन्छ भने भोलि देशमा स्थायित्व रहँदैन् ।’

उता, त्रिपाठीले आफू पञ्चायती शासनको पक्षमा नरहेको जिकिर गरे । उनले आफूले सत्ताको राजनीति नगर्ने र सत्ताको भाषा पनि नबोल्ने जिकिर गरे । कार्यक्रमको दौरान त्रिपाठी र प्रधानबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो । त्रिपाठीले प्रधानको विगतबारे जानकार रहेको भन्दै पोल खोलिदिउँ भनेर भन्दा प्रधान आक्रोशित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot