काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता तथा पुर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा बारे सत्तागठबन्धनले हल्ला फैलाएको टिप्पणी गरेका छन् । भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको समाचारबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भण्डारीको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए सजिलो हुन्थ्यो भन्ठानेको भन्दै उनले लेखेका छन्,‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको?’
नागरिकता नागरिकको नैसर्गिक हक भएको उनको भनाई छ । उनले नागरिकता फुटपाथमा बेच्न राखेको ललीपप नभएको उनले टिप्पणी गरेका छन् ।
संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ भन्दै उनले पछि हटेको रेर्कड नभएको समेत दाबी गरेका छन् ।




प्रतिक्रिया