Logo

बालेनको एक्सनले साना र मध्यमवर्गका व्यापारीको दशैं दशा बन्ने भयो



काठमाडौं, ९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आक्रामक शैलीमा फिल्डमै उत्रिएका छन् । सार्वजनिक स्थानहरु मिचेर बनाइएका टहरा देखि संरचनाहरु हटाउन लागेका छन् । यसले उनी फेरि चर्चामा पुगेका छन् ।

बालेनले कतिपय ठाउँमा ३५ दिने सूचना जारी गरेर संरचना हटाउन खोजेका छन् । कतिपय ठाउँमा भने सिधै पुगेर हटाउन लगाएका छन् ।

नाम चलेका व्यापारीहरुले बनाएको संरचनामा बालेनको केही लागेको देखिदैन । उनी निरिह नै बन्न पुगेको घटना पनि छ । तर, कमजोर खालका व्यवसायी भने तारोमा परेका छन् । उनीहरु एक्कासी संरचना भत्काउन आएपछि मात्र जानकार हुन पुगे ।

बालेनले कसैलाई केही गर्न नसकेको र कसैलाई आक्रामक शैली देखाएको विषय नआएको होइन । विशेषगरी दशैंको मुखमा कतिपय व्यवसायीहरु अप्ठ्यारोमा परेका छन् । यसले कतिपयको रोजीरोटी नै खोसिएको विषय बाहिर आएको छ ।



प्रतिक्रिया दिनुहोस्