Logo

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न र बार्सिलोना एउटै समूहमा



एजेन्सी । युरोपेली फूटबल महासंघ(युईएफए)ले च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । बिहीबार राति इस्तानबुलमा भएको समारोहमा युईएफएले च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

युईएफएले सार्वजनिक गरेको ड्रमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना एउटै समूहमा परेका छन् । बायर्न र बार्सिलोनासँगै इटालियन क्लब इन्टर मिलान र एफसी भिक्टोरिया प्लजेनपनि समूह ‘सी’मा परेका हुन् । यस्तै सविक विजेता रियल म्याड्रिड समूह ‘एफ’मा परेको छ । यस्तै लिभरपुल र म्यानचेस्टर सिटीलेपनि नाकआउट चरण प्रवेशको लागि कसरत गर्नुपर्ने देखिएको छ ।

युईएफएले सहभागि ३२ टोलीलाई ८ समूहमा विभाजन गरेको हो । हरेक समूहमा चार/चार टोली रहेका छन् । आठ समूहबाट शिर्ष दुई स्थानमा रहने १६ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यस्तै तेस्रो स्थानमा रहने आठ टोली युरोपा लिगमा जानेछन् ।

समूहहरु:-

समूह चरणको खेल कहिले हुन्छ ?

म्याच डे १ :- ६/७ सेप्टेम्बर

म्याच डे २ :- १२/१३ सेप्टेम्बर

म्याच डे ३ :- ४/५ अक्टोबर

म्याच डे ४ :- ११/१२ अक्टोबर

म्याच डे ५ :- २५/२६ अक्टोबर

म्याच डे ६ :- १/२ नोभेम्बर

अन्तिम १६ को ड्र :- ७ नोभेम्बर

यसपटकको च्याम्पियन्स लिगको फाइनल १० जुन,२०२३ मा इस्तानबुलको अटाटुर्क ओलम्पिक रंगशालामा हुनेछ ।
CivActsAd



प्रतिक्रिया दिनुहोस्

Screenshot