मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको छ : प्रकाशमान सिंह


काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् ।

नेपाल महिला संघका संस्थापन अध्यक्ष मंगलादेबि सिंहको २७औं स्मृति दिवसको अवसरमा शोभा भगवतिमा आज बिहान आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।

हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको बिगत साक्षी छ भन्दै उनले आगामी निर्वाचन पनि कांग्रेस कै नेतृत्वको सरकारले गर्न लागेको बताए । कांग्रेसको अगुवाइमा हुने निर्वाचन निस्पक्ष हुन्छ भन्ने आम मान्यता समेत रहेको उनको भनाई छ ।

यो सरकार बन्नु अघिको सरकारले ऐन कानुन नबनाई दिएकाले अहिले संविधान ले दिएका अधिकार चाहियो भनेर प्रदेस र स्थानिय सरकारले बारम्बार आवाज उठाउनु पर्ने परिस्थिति बनेको धारणा राखे । उनले अब निर्वाचन पछि यि सबै समस्याको समाधान हुने बताए ।
हाल स्थानीय र प्रदेस सरकारले चाहेअनुसार र संविधानमा ब्यवस्था भए अनुसार का काम गर्ने नसक्नुको कारण ओली सरकार रहेको समेत उनले आरोप लगाए ।

पछिल्ला राजनीतिक घटनाक्रमका बारे सबै जानकार रहेको भन्दै मुलुकको पछिल्लो घटनाकाबाट हुन सक्ने राजनीतिक दुर्घटना रोक्न हालको अस्थाई अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको समेत उनले दाबी गरे ।