Logo

श्रीमतीको मायाले शिक्षकले घर भित्रै शव गाडेपछि…



एजेन्सी, १० भदौ । आफ्नो श्रीमान श्रीमतीको माया कसलाई पो हुन्न र । भारतमा श्रीमानले पत्नीको मृत्यु पछि एक्लै बस्न नसक्ने भन्दै शव कोठाभित्रै गाडेका छन् ।

डिन्डोरीको वडा–१४ स्थित बिरसा मुण्डा रंगशालास्थित घरमा ओमकार दास मोग्रेको परिवार बस्दै आएका थिए । मोग्ने प्राथमिक विद्यालय इम्लाईका शिक्षक हुन् । रुक्मिणीसँग २५ वर्षअघि उनको विवाह भएको थियो । उनको कुनै सन्तान थिएनन् ।

ओंकारका लागि रुक्मिणी सबैथोक थिइन् । उनको श्रीमतीको मंगलबार बिहान सिकल सेल रोगको कारण मृत्यु भएको थियो । श्रीमतीको निधन ओम्कारको मनले मान्न तयार थिएन । त्यसैले उनले श्रीमतीलाई घरमै गाडे ।

मंगलबार राति छिमेकीले यो कुरा थाहा पाएपछि आत्तिए । महिला र बालबालिका डराए । सबै छिमेकी प्रहरी चौकी पुगे ।



प्रतिक्रिया दिनुहोस्