Logo

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं, भदौ ११ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।



प्रतिक्रिया दिनुहोस्