Logo

महिला साफ च्याम्पियनसिपलाई फर्केर हेर्दा…



काठमाडौं, भदौ ११। महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फूटबल महासंघ९साफ०ले आयोजना गर्ने मुख्य महिला फूटबल प्रतियोगिता । सन् २०१० बाट शुरु भएको प्रतियोगिताको छैटौं संस्करण यहि भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पछिल्लो ३ वर्षमा दोस्रोपटक महिला साफको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ७ टोली आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले सहभागिता जनाउनेछन् । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले बाहिरी हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन ९एआइएफएफ०लाई प्रतिबन्ध गरेको दुई हप्ता बित्न नपाउँदै शुक्रबार राति निलम्बन फुकुवा गरेपछि भारतले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो ।

हालसम्म दक्षिण एसियामा आफ्नो दबदबा कायम गर्दै पाँचवटै संस्करणमा उपाधि उचालेको भारत यसपटकपनि प्रतियोगिताको स्वत मुख्य दाबेदार हो । इतिहासलाई पल्टाएर हेर्ने हो भने भारतले हालसम्म साफ च्याम्पियन्सिपमा खेलेको कुनैपनि खेलमा हार बेहोरेको छैन । पाँचौ संस्करणसम्म आउँदा २३ खेल खलेको भारतले २२ खेल जित्दा एक खेल बराबरी खेलेको छ ।

महिला साफमा नेपालको प्रदर्शन

नेपालपनि प्रतियोगिताको मुख्य दाबेदार रहँदै आएको छ तर नेपालको दाबेदार दाबेदारीमै अड्किएको छ । छैटौं संस्करणसम्म आइपुग्दा नेपालले उपाधिमा आफ्नो नाम लेखाउन सकेको छैन । नेपाल चार पटक फाइनलमा पुगेर उपविजेतामै सिमित बनेको छ । विराटनगरमै भएको पछिल्लो संस्करणमापनि नेपाल घरेलु दर्शकमाझ भारतसँग ३(१ गोलले पराजित हुँदै उपविजेतामै चित्त बुझाएको थियो ।

हरेक पटक फाइनल खेल्दै आएको नेपाल सन् २०१६ मा भारतमा भएको साफमा भने सेमिफाइनलबाटै घर फर्किएको थियो । सेमिफाइनलमा नेपाललाई भारतले ३-१ गोलले पराजित भएको थियो । नेपालले हालसम्म भारतसँग साफमा पाँच खेल खेलेको छ भने हरेक पटक नेपाल भारतसँग पराजित हुँदै आएको छ । साफमा मात्र नभई नेपालले खेल्ने अन्य प्रतियोगितामापनि नेपालको लागि भारत तगारो बन्दै आएको छ ।

नेपालले हालसम्म साफमा २२ खेल खेलेको छ । जसमध्य १७ खेलमा नेपाल विजयी भएको छ भने ५ खेलमा हार बेहोरेको छ । साफमा नेपालले १ सय १ गोल गर्दा १७ गोल बेहोरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot