रत्नपार्कमा सब–वेमाथिको अनाधिकृत संरचना हटाइयो


काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा कानुन मिचेर बनाइएका सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आज नगर प्रहरीले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथिका अनधिकृत संरचना भत्काएका हुन् ।

प्रहरीले गैंची,झम्पललगायतका हाते औजारले संरचना भत्काइरहेको जनाइएको छ ।