त्रिविको पत्रकार सम्मेलन तनावगस्त, दुई विद्यार्थी संगठनबीच विवाद हुँदा ३ जना घाइते


काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालय प्रशासनले आयोजना गरेको पत्रकार सम्मेलन तनावग्रस्त भएको छ । त्रिविले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुबीच झडप भएको हो ।

त्रिविको स्मृति हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

दुई विद्यार्थी संगठनबीच विवाद हुँदा झडपको क्रममा एक प्रहरी र दुई विद्यार्थी समेत घाइते भएको स्रोतले जनाएको छ ।

त्रिविले प्रश्नपत्रमा लापरवाही गरेको भन्दै उक्त कार्यमा सम्लग्न कर्मचारीहरुलाई कारवाहीको माग गर्दै नेविसंघले गत असारदेखि तालाबन्दी गर्दै आएको छ। सोही विषयमा त्रिविले पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको जनाइएको छ।