Logo

रेनु दाहाल बुवा प्रचण्डको चुनावी कमाण्डर



काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले बाग्मती प्रदेशमा चुनावी कमाण्डर तोकेको छ । रोचक के छ भने बाग्मती प्रदेशबाटै चुनाव लड्ने तयारीमा रहेका अध्यक्ष पुष्पकमल दाहालको चुनावी कमाण्डर भने उनकै छोरी रेनु दाहाल तोकिएकी छिन् । रेनु अहिले भतरपुर महानगरकी मेयर हुन् ।

आज (आइतबार) बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। दाहाल ०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि दाहाल यही क्षेत्रबाट चुनाव लड्नेछन् । दाहालले चुनाव जित्नको लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने भएका छन् । एमालेले दाहाललाई जसरी पनि हराउनेगरि आफ्नो तयारी गरेको छ । यो चुनाव प्रचण्डको लागि प्रतिष्ठाको विषय पनि हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot