Logo

तीजको अवसरमा पोर्चुगलमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम



भदौ १२, पोर्चुगल । पोर्चुगल हिन्दु नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा लिस्बोनमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम गरिएको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका नेपालीहरूको सहभागितामा चितवन समाज पोर्चुगलले प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम गरेको हो ।

गत बुधबार सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा स्याङ्जा समाज पोर्चुगल, महिला समाज पोर्चुगल, एनआइएलपी समूह, नारी समाज पोर्चुगल र बागलुङ समाज पोर्चुगल सहभागी थिए । लोकगायक भगवान भण्डारी र देविका केसी निर्णायक रहेको प्रतियोगितामा स्याङ्जा पहिलो, बागलुङ दोस्रो र एनआइएलपी सिलाइ समूहले तेस्रो स्थान प्राप्त गरे। उनीहरूले क्रमशः ३५०, २५०, १५० यूरो प्राप्त गरे ।

परम्परा बचाऔँ, विकृति हटाऔँ’ नारासहित आयोजित कार्यक्रममा प्रमुख एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाललगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तुलसीराम थपलियाले तीजको शुभकामना व्यक्त गरे ।

युरोपमा तीज गीत प्रतियोगिता र साँस्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको अध्यक्ष रवि अर्यालले वताए । कार्यक्रममा नेपालबाट आएका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

-पोर्चुगलबाट अमृत मरहट्ठाको सहयोगमा



प्रतिक्रिया दिनुहोस्