Logo

६८ दलले दिए समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन निवेदन



काठमाडौं, १३ भाद्र । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगमा चुनावमा भाग लिन निवेदन दिएका ७६ मध्ये समानुपातिकमा भाग लिन ती दलहरुले निवेदन दिएका हुन् ।

निवेदन दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत छन् ।

यसैगरी, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ५५, मधेश प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलको निवेदन परेको छ । आयोगले बन्दसूचीको नाम बुझाउने दलहरुको संख्या अनुसार मतपत्र बनाउने तयारी समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot