Logo

डेंगु के हो र कसरी बच्ने (उपायसहित)



काठमाडौं, १४ भाद्र । देशका अधिकांश पहाडी र तराईका जिल्लाहरुमा डेंगुका विरामी थपिइरहेका छन् । काठमाडौं उपत्यकामा सयौं विरामी थपिएपछि अस्पतालहरु भरिएका छन् ।

डेंगु भएका कतिपय विरामी अस्पताल भर्ना नहुने भएकाले संक्रमितको संख्या उपत्यकामा मात्र हजारौं हुनसक्ने अनुमान गरिएको छ ।

डेंगु के हो र कसरी बच्ने

डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको कारण लाग्ने रोग हो । यो दुनियामा उष्णकटिबन्धिय क्षेत्रमा धेरै प्रचलित छ । डेंगु ज्वरो एक दर्दनाक, अक्षम वा असमर्थ गर्नै खालको रोग हो, जसमा दुखाइको गम्भिरता हड्डि फुट्ने सामान्य हुन्छ । यसैले यसलाई ‘ब्रेकबोन’ ज्वरो भनिन्छ ।

डेंगु ज्वरोले हरेक वर्ष करीब ४० करोड मानिसहरुलाई प्रभावित गर्दछ र यसले विश्वको लगभग ४० प्रतिशत आबादी संक्रमणको खतरामा पार्छ, यसैले यस एन्टोबायोटिक औषधिले ठिक गर्न सक्दैन ।

वर्षादको मौसममा यो रोग धेरै सामान्य मानिन्छ । डेंगुले कसैलाई पनि प्रभावित पार्न सक्छ, चाहे सानो बच्चा होस् वा ठुलो व्यक्ति वा कुनै महिला । डेंगु ज्वरोको एक गम्भिर र जीवनको लागि खतरनाक रुप हो, डेंगु हँमरेजिक ज्वरो (डिएचएफ), जसको सिकार बच्चा धेरै हुन्छन् ।

डेंगु रोक्नको लागि कही आधारभुत कदम वास्तवमा सबैभन्दा प्रभावकारी उपाय हो । डेंगु हुने एक मात्र तरीका लामखुट्टेको टोकाई हो यसैले यसलाई रोक्नेको सबैभन्दा राम्रो तरीका लामखुट्टे उत्पन्न हुन नदिनु हो । यो विशेष रुपबाट महत्वपुर्ण हो यदि धेरै नै समस्या बढ्न गएमा रोक्ने केहि तरीका वर्णन गरीएको छ ।

  • पानीको तलाउ बन्न नदिनेः घरको वरिपरि पानी जम्ने खालको खाल्डो हुन नदिने । यदि पानी जमेमा तुरुन्त सफा गर्ने । ब्लिचिङ पाउडर छर्किदिने यसले लामखुट्टेको अन्डालाई विकास हुन दिँदैन ।
  • लामखुट्टेले टोकाई बाट जोगिन आवश्यक उपाय गर्नेः सकेसम्म घर भित्रै बस्नुपर्छ । सुत्ने बेलामा झुलको प्रयोग गर्नुपर्छ । बिहान र बेलुका लामखुट्टे धेरै सक्रिय हुन्छ त्यसकारण उक्त समयमा बाहिर निस्कनु हुँदैन ।
  • सामान्य भाइरलका रोगीहरुले एन्टी भाइरल गुणले भरिपुर्ण जडिबुटी खानुपर्छ । अदुवा लसुन नियमित खानु पर्छ ।

डेंगुको लक्षण

  • अचानक उच्च ज्वरो आउनु
  • गम्भीर प्रकारको टाउको दुखाई
  • मांसपेशी र जोडहरुमा दुखाई
  • वान्ता हुनु
  • छाला रातो हुने र पोल्ने
  • पिसाबको मात्रामा कमी
  • आँसु कम आउने तथा आउदै नआउने
  • मुख र ओठ सुख्खा हुने
  • सुस्त रअस्त व्यस्त रहने
  • हात खुट्टा र टाउकोमा चिसो महसुस हुनु

डेंगुको जोखिम

  • शरीरमा फ्लुइडको कमी
  • लगातार शरीरमा रगत निस्कने
  • प्लेटलेट्स घट्ने
  • रक्तचाप घट्ने
  • एन्केफेलाइटिस
  • रगत बग्ने हुनाले दिमागमा नोक्सान पुग्न सक्ने
  • रोग प्रतिरोधात्मक प्रणालीमा नोक्सान पुग्ने
  • लीवर फेल हुने र नोक्सान पुग्ने

यसको लक्षण हल्का रुपमा शुरु हुन्छ कसैले यसलाई चिसोको भाइरस सम्झन्छन् । डेंगुको ज्वरोले कहिले काँही एक गम्भिर रुप लिन पनि सक्छ । जसलाई डी–एच–एफ नामबाट चिनिन्छ । यसको परिणाम रक्तश्राव हुन्छ, रातो प्लेटलेट कम हुदै जान्छ, रगत प्लाज्मा चुहिन सक्छ । यो धेरै घातक सिंड्रोम हो । जसबाट खतरनाक रुपमा रक्तचाप कम हुन्छ ।

कारण

  • डेंगु भाइरस भएको लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो र डेंगु हँमरेजिक ज्वरोबाट मानवबाट लामखुट्टे र लामखुट्टेबाट मानवमा फैलन्छ ।
  • एडिस प्रजातीको लामखुट्टेबाट डेंगु संचारीत हुनसक्छ । विशेष रुपमा एडिस इजिप्टी प्रजाती डेंगु संचरणको प्रमुख कारण हो ।
  • यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै फैलन सक्दैन । यो भाइरस फैलनको लागि एडीज लामखुट्टेको आवश्यकता पर्छ । यो हल्का चिसो स्थानमा जीवित रहनसक्छ । यस मौसममा सजिलै भाइरस फैलन सक्छ ।


प्रतिक्रिया दिनुहोस्