Logo

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने



काठमाडौं, भदौ १५ । नेपाली कांग्रेस नेतृत्वको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।

आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्धपी, शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot