Logo

प्रचण्डसँग भेटवार्ता गर्न इन्जिनियर्स एशोसिएसनको टोली खुमलटारमा



काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यसमितिको टोलीले भेटवार्ता गरेको छ ।

अध्यक्ष दाहाललाई भेटेर एशोसिएसनको टोलीले इन्जिनियरिङ स्टाफ कलेज् स्थापना लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो ।
इन्जिनियरलाई छैठौं तहलाई सातौ तहको लागि आवश्यक पहल गर्न पनि एशोसिएसनले अध्यक्ष दाहालसँग आग्रह गरेको छ ।

त्यस्तै, नगरपालिकामा नक्सा बनाउने इन्जिनियर÷आर्किटेक्टहरुलाई परेको समस्या र हरेक बर्ष साउन ३ गते इन्जिनियर दिवसका दिनलाई अन्य दिवस सरह मान्यता दिइ सरकारी सूचनामा अकींत गराउन समेत ध्यानाकर्षण गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot