Logo

राष्ट्रिय बिमा कम्पनी डुबाउन जिम्मेवार कर्मचारी देखि युनीयनका केही यसरी लागे



काठमाडौं, १६ भाद्र । सरकारी संस्थाहरु कसरी धराशाही बनाइन्छ भन्ने उदाहरण बन्न लागेको छ राष्ट्रिय बिमा कम्पनी । कम्पनीका जिम्मेवार कर्मचारी र युनीयनका केही व्यक्तिहरु मिलेर निजी कम्पनीलाई हित हुने गरी गतिविधिमा संलग्न पाइएका छन् । कम्पनीलाई प्राप्त बिमा व्यवसायमा अवरोध गर्ने र केही निजी कम्पनीलाई फाइदा पुर्याउने गरी एउटा गिरोह नै सक्रिय छ ।

कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र रिइन्सुरेन्स प्रमुख तथा प्रबन्धक रजनी पौडेले युनीयनका केही व्यक्तिसँग मिलेर ठूला काम आउँदा रोकिहाल्ने गतिविधिमा लागेका छन् । यसले कम्पनी डुब्ने र निजी कम्पनीलाई लाभ हुने अवस्था विकास भइरहेको छ । राष्ट्रिय बिमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया रोक्ने गतिविधि भइरहेको छ । यसमा त्यहाँ कार्यरत उच्च कर्मचारी र युनीयनमा हामी रहेका व्यक्तिहरुको स्वार्थले भूमिका खेल्दै आएको छ ।

राष्ट्रिय बिमा कम्पनीले ७ वर्षयता लेखापरीक्षण बिमा समितिमा पेश गरेको छैन । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बिमा लेखीय रोक्ने चेतावनी दिइसकेका छन् । तर, पनि लेखापरीक्षण पेश नहुनुले आशंका जन्माएको छ । राष्ट्रिय बिमा कम्पनीमा पारदर्शीताको प्रश्न उठ्दै आएको । अनियमितता बाहिरिने डलर लेखापरीक्षण बिमा समितिलाई नबुझाइएको विषय उठ्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणमा जस्तै सुधार गरेर अर्थमन्त्री जर्नादन शर्माले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न खोजेका थिए । तर, बिमा समितिमा नियुक्तिमा अवरोध गरी आफै हालीमुहाली भइरहेका सुवास कोइराला र रजनी पौडेलले युनीयनलाई उचालेर नियुक्ति प्रक्रियामा अवरोध गराए । एकातर्फ कतिपय निर्णयको विवरण लुकाउने, बिमा समितिलाई लेखापरीक्षण प्रतिवेदन नबुझाउने र अर्कोतर्फ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया बढ्न नदिने गतिविधि अनियमितता बाहिर आउने भयका रुपमा बुझिएको छ । यतिसम्मकी प्रक्रिया बढाउन बैठक राख्न नदिने र मन्त्रालयमा युनीयनका केही जिम्मेवार अधिकारी गएर धम्क्याउने गतिविधि समेत भएको छ ।

राष्ट्रिय बिमा कम्पनीमा काम गर्ने तर निजीलाई फाइदा हुने गरी मोटो कमिशन प्राप्त गर्ने गतिविधिहरु पनि पाइएको छ । यो सिधै कम्पनीलाई धराशाही बनाएर निजीको एजेन्ट बन्ने कार्यशैली हो । राष्ट्रिय बिमा कम्पनीका केही उच्च अधिकारी र युनीयनका केही व्यक्तिहरुको गतिविधि चाँडै पर्दाफास हुने भयले पनि प्रमुख कार्यकारी अधिकृत नियुक्ति रोकिएको स्पष्ट छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot