Logo

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस



सिन्धुपाल्चोक, भदौ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ ।

पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।

सोही क्षेत्रको प्रदेशसभा क’ मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, मषिना खड्का भण्डारी, दोर्जे लामा, देविबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लीलाकुमारी नेपालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा १ को प्रदेश ख’ का लागि पनि नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जङ्गबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिलाकुमारी खड्काको नाम सिफारिस गरेको छ ।

सो क्षेत्रको समानुपातिकतर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरेको छ ।(



प्रतिक्रिया दिनुहोस्

Screenshot