Logo

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा



काठमाडौं, भदौ १७ । बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंकाले एसिया कप क्रिकेट–२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भएको छ । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै, पाथुम निसांकाले २० रन बनाए । बंगलादेशका इबादत होसेनले तीन विकेट लिएका छन्।

बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो । बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपे । ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले समान दुई विकेट लिए ।

समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot