Logo

प्रधान र बानियाँको नाम काठमाडौं–६ बाट सिफारिस



काठमाडौं, १७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले प्रतिनिधिसभामा उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेद्वारको लागि भीमसेन दास प्रधान र सबुज बानियाँ सिफारिस भएका हुन् ।

प्रधान गत निर्वाचनमा सोही क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै, बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot