Logo

कक्षा १२ को नतिजा प्रकाशित हुँदै, बोर्ड बैठक बस्दै



काठमाडौं, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजा प्रकाशन गर्नका लागि अपरान्ह साढे ४ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दिए ।

नन ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिने जनाइएको छ। यसपटक सैद्धान्तिक नम्बर र प्रयोगात्मक छुट्टै नम्बर राखिनेछ भने दुवैतर्फको नम्बर जोडेर लेटर ग्रेडिङ सिस्टममा समावेश गरिने छ ।

गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot