Logo

एमाले नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का नेता बलभद्र सरदार थारू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

थारू एमाले मोरङमा सक्रिय नेता हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् ।

थारुसँगै अरु नेता तथा कार्यकर्तापनि आज माओवादी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ ।

चुनाव नजिकिएसँगै विभिन्न दल परित्याग गरी अर्को दल प्रवेश गर्नेको लर्को लाग्ने गरेको छ ।

दाहालले भने नवप्रवेसीलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिईने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot