Logo

युवा उद्यमी पाण्डे चलचित्र ‘झिंगेदाउ’ बाट प्रभावित, आमा ज्योत्सना र हजुरआमा मिथिला लिएर पुगे ग्राण्ड प्रिमियरमा



काठमाडौं, १८ भदौ । युवा उद्यमी प्रणवजंग पाण्डे चलचित्र ‘झिंगेदाउ’ बाट प्रभावित भएका छन् । उक्त चलचित्रको प्रियिर शो’मा पुगेका पाण्डे चलचित्रको कथावस्तुबाट प्रभावित भएका हुन् । उनी चलचित्र हेर्नको लागि आफ्नी मामावलीकी हजुरआमासमेत रहेकी चर्चित अभिनेत्री मिथिला शर्मा र आमा ज्योत्सना पाण्डेका साथ गएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत चलचित्र निर्माण टिम र कलाकारलाई चलचित्र सफलता र आगामी दिनको लागि शुभकामना पनि व्यक्त गरेका छन् । पाण्डे औषधी व्यवसायमा संलग्न छन् । उनी देशकै प्रतिष्ठित औषधी कम्पनी लोमस फर्मास्युटिकल्सका तेस्रो पुस्ताका उद्यमी हुन् ।

कोरोना महामारीको बेला सामाजिक कार्यअन्तर्गत उनले स्यानिटाईजर, मास्कलगायतका आवश्यक औषधी सामाग्री निःशुल्क वितरण गरेका थिए ।सो बापत उनी विभिन्न संघ/संस्थाबाट सम्मानित पनि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot