Logo

दुर्गा ढकालद्वारा लिखित ‘अक्षरको परकम्पन’ कविता सङ्ग्रह विमोचन



काठमाडौं, १८ भदौ । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती,प्रा.डा रमेश भट्टराई, प्रा.डा.सुरेन्द्र केसी,वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले १४ वर्ष विदेशी भुमिमा बसेर पनि नेपाली साहित्यलाई माया गर्नु सबैको लागि सुखद भएको बताए । ‘कविता एउटा विचार हो’ भन्दै उनले जो जहाँ गएपनि मानिसले आफ्नो भुगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए । कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका तेन्द्राहरु कलममा जागृत हुने उनको भनाइ थियो ।

कविता लेखन सामान्य कुरा नभई आफैमा दुष्सहास भएको वरिष्ठ साहित्यकार युवराज नयाँघरेले बताए । सामाजिक अभियन्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन् ।

कविता विमोचन कार्यक्रममा प्रा.डा सुरेन्द्र केसी, समिक्षक डा.शान्तिमाया गिरी, प्रा.डा.रमेश भट्टराईले शुभकामना दिएका थिए । राष्ट्रिका साहित्य प्रतिष्ठानकी सचिव कवि तथा लेखक रन्जना निरौलाले सञ्चालन गरेको कार्यक्रममा कवि सुमन घिमिरे (वर्षा)ले स्वागत मन्तव्य राखेका थिए । समाजसेवी लेखिका ढकाल विगत १५ वर्षदेखि युकेमा परिवारसहित बस्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्