Logo

सिट बाँडफाँड टुँग्याउनेगरि देउवा र प्रचण्ड निर्णायक छलफलमा



काठमाडौं, १९ भदौ । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन सकेको छैन् ।

दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन नसकेको बुझिएको छ । १६५ मा कांग्रेसले १०० सिटमा दाबी गरेको छ । उता, माओवादीले ५० भन्दा माथि सिट मागेको छ।

सिट बाँडफाँड टुँगो लगाउनको लागि नै अहिले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । आज साँझ गठबन्धनको बैठक बसेर सिटको भागबण्डा टुँगो लगाउने तयारी छ । त्योभन्दा अघि देउवा–दाहाल छलफलमा जुटेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot