Logo

लोकतान्त्रिक आन्दोलनका योद्धा नारायण भारती झापा-२ बाट चुनाव उठ्दै



काठमाडौं, १९ भदौ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लान लडेका नारायण भारती झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक आन्दोलनका चर्चित यौद्धा भारती वीपी कांग्रेसबाट चुनाव उठ्ने भएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका भारती अब युवाले मात्र देश हाक्न सक्छ भनेर झापा २ बाट चुनाव लड्न लागेका छन् । आगामी मंसिर ४ गते हुन लागेको चुनावमा उनी प्रतिनिधिसभाको उम्मेदवार हुन लागेका हुन् ।

बुढा पुस्ताका नेता केशवकुमार बुढाथोकी लगायतको रजगज रहेको उक्त ठाउँमा भारती मतदातामाझ राम्रो विकल्पका रूपमा उभिन खोजेका छन् । देशैभर परिवर्तन र युवा पुस्ताको लहर चलिरहेका बेला भारती पनि चुनावी मैदानमा खडा हुन लागेका छन् ।

जनआन्दोलनको क्रममा राजाको फोटोसमेत जलाएर चर्चामा आएका युवा नेता भारती अहिले वीपी कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा छन् । उनी नेविसंघको राजनीति गर्दा भारतीय नेपाली कांग्रेसले आयोजना गरेका विभिन्न आन्दोलनमा विद्यार्थीको तर्फ अग्रपंत्तिमा देखिने नेता हुन् ।

झापाले युवा पुस्तालाई चुनेर पठाउन विकल्प खोजिरहेकाले आफूले उम्मेदवारी दिन खोजेको भारतीको भनाइ छ । अब बुढा पुस्तालाई सम्मान गर्दै युवा पुस्तालाई देश हाँक्ने जिम्मेवारी दिन जनता आतुर रहेको उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot