Logo

रञ्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको कडा बयान



काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् ।

जबराले जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत स्पष्ट पारेका हुन् ।

बराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा झारेका थिए । उनले कोइरालाकै कारण महाभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने पनि बताए ।

निलम्बित प्रधानन्यायाधीश जबराको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot