Logo

राजेन्द्र लिङ्देन सांसदबाट राजीनामा दिँदै



काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

राप्रपा स्रोतकाअनुसार उनले आजै राजीनामा दिने तयारी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको चर्चा छ ।

सरकारले प्रतिनिधिसभाको आयु लम्ब्याउनेगरि भूमिका खेलेको भन्दै त्यसको विरोधमा आफूले राजीनामा दिन लागेको भनेर उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।

यसअघि पार्टीको चुनावी तयारीको सन्दर्भमा आयोजित विस्तारित बैठकमा समेत उनले राजीनामा दिने संकेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot