Logo

एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक



काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने नर बहादुर शुक्रबार दिउँसो पक्राउ गरेको थियो ।

सोही ठाउँस्थित दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्याआरोपी बस्नेतलाई ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बिनध कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot