Logo

आरजु देउवा तीज कार्यक्रममा सरिक



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा जापामा आयोजित तीज कार्यक्रममा सरिक भएकी छिन् । जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदी र उनकी श्रीमती पुनम सुबेदीद्वारा आयोजित तीजविशेष नेपाली चेली (बुहारीहरुको कार्यक्रममा राणा प्रमुख अतिथिको रुपमा सहभागी भएकी हुन् ।

डा. राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । उनी आगामी निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्दैछिन् । उनको नाम विभिन्न जिल्लाबाट उम्मेदवारको रुपमा सिफारिश भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot