Logo

नेपाल र केन्याको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदै



काठमाडौं, भदौ २०। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदवसीय क्रिकेट आज सोमबार हुँदैछ । खेल नैरोबीको जिमखाना मैदानमा दिउँसो पौने एक बजे सुरु हुनेछ ।

तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेकाले नेपाल सहज अवस्थामा छ । नेपालको दाउ क्लिन स्वीपमा रहेको छ ।

नेपाल पहिलो एकदिवसीयमा ७ विकेट र दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । केन्यासँगको टी–२० शृङ्खला पनि नेपालले नै जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot