Logo

रघुवीर महासेठ र जुली महतो प्रतिनिधिसभाको लागि धनुषा–४ र धनुषा–३ बाट उम्मेदवार सिफारिश



काठमाडौं, २० भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि एकल उम्मेद्धवार सिफारिश भएका छन् ।

पार्टीको क्षेत्रिय समितिले महासेठको नाम उक्त क्षेत्रबाट एकल रुपमा सिफारिश गरेको हो ।

महासेठकी पत्नीसमेत रहेकी नेतृ तथा पूर्वमन्त्री जुली महतोको नाम भने धुनषाकै क्षेत्र नम्बर ३ बाट सिफारिश भएको छ ।

महासेठ भने ०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

वाम गठबन्धनबाट चुनाव लडेका महासेठले कांग्रेसका महेन्द्र यादवलाई पराजित गरेका थिए ।

यादव पनि आगामी निर्वाचनमा यही क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनको नाम पनि सिफारिश भैसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot