Logo

शेरजंग गुरुङलाई रिहा गर्न काठमाडौंको सिडिओलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन



काठमाडौं, २० भदौ । गृहमन्त्री बालकृष्ण खाँणले भिएफएस पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले आज (सोमबार) काठमाडौंका सिडिओलाई फोन गरेर गुरुङलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन् । यसअघि सो प्रकरणमा मुछिएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि गृहमन्त्री खाँणलाई फोन गरेर गुरुङलाई रिहा गरिदिन आग्रह गरेका थिए । उनले सो क्रममा गुरुङको पक्राउको लागि आफूले निर्देशन नदिएको स्पष्ट पारेका थिए ।

गुरुङले मन्त्री श्रेष्ठलाई गत शुक्रबार बायोमट्रिक्सको लागि जाँदा लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। हाल गुरुङलाई दरबारमार्ग प्रहरी चौकीमा राखिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot