Logo

उमाकान्त चौधरी बारा–१ बाट सिफारिस



काठमाडौं, २१ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि खानेपानी मन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

बारा कांग्रेस जिल्ला कार्यसमितिको गत भदौ १८ गते बसेको बैठकले कांग्रेसको सह–महामन्त्री चौधरीको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको हो ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा सुरेश कुमार खनाल, टेकबहादुर लामा, पेमा सिद्धि लामा, रमेश दंगाललगायत १२ जना सिफारिस भएका छन् । त्यस्तै, प्रदेश २ मा चन्द्रिका प्रसाद गुप्ता, भागवत प्रसाद साह र धर्मेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot