Logo

प्रधानमन्त्री देउवासँग भारतीय सेनापति जनरल पाण्डेको भेटवार्ता



काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका सेनापति मनोज पाण्डेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले आज देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सैन्य सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवका अलावा भारतका उच्च सैनिक अधिकृतहरु पनि सहभागी थिए ।

आजै जनरल पाण्डेले नेपाली सेनाका कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

सोमबार जनरल मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्