Logo

बिहे मण्डपमा पुग्दा दुलहीको बिदाई, आक्रोशित युवकले युवतीकी आमालाई गोली हाने



एजेन्सी, २१ भदौ । भारतको एक विवाह समारोहमा गोली चलेको छ । बेगुसरायका पूर्व उपप्रमुखकी छोरीको बिहेलगत्तै एक युवकले गोली चलाएका हुन् । बेहुली बिदा हुनेबित्तिकै ती युवकले पूर्व उपप्रमुखको घरमा पुगेर हंगामा मच्चाएका थिए । कोलाहलका बीचमा गोली चलेको थियो । जसमा बेहुलाकी आमा र आफन्त बालक घाइते भएका छन् । झगडा पछि गोली चलाएर आतंक मच्चाउने व्यक्ति भागेको एजेन्सीले जनाएको छ ।

घटना शुक्रबार बिहानको हो । हल्ला मच्चाउने युवकले पूर्व उपप्रमुखकी छोरीलाई मन पराएको बताइएको छ । युवतीले अर्कैसँग बिहे गरेको थाहा पाएपछि उनी दौडेर उनको घर गए । तर, उनी पुग्दा दुलहीलाई बेहुलाको घर लगिसकिएको थियो ।

बिहेबाट रिसाएर युवकले बेहुलीका आफन्तसँग झगडा गरे । अचानक उनले गोली चलाउन थाले र घटनास्थलबाट भागे। यसैबीच आफन्तले दुवैलाई रगत लतपतिएको अवस्थामा नगरको कल्पना नर्सिङ होममा भर्ना गरे ।

अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । घाइतेको बयान नआएपछि घटनाको कारण खुल्न नसकेको तर स्थानीयले आपसी शत्रुता र प्रेम सम्बन्ध रहेको बताएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

विवाह समारोहमा गोली चलेको खबर पाएलगत्तै घटनास्थल पुगेको फुलवाडिया प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot