Logo

आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी



काठमाडौं, भदौ २३ । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।

२०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार १९औँ निजामती सेवा दिवस मनाउने क्रममा उत्कृष्ट निजामती सेवा पुरस्कार दस जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीको नाम घोषणा गरिए पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot