Logo

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन



काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत÷नियमित गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत महानगरको शहरी व्यवस्थापन विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्