Logo

सुनका गहना र मोबाईल चोरी गर्ने दुई जना पक्राउ



झापा, २३ भदौ । चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूमाथि जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot