Logo

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाँट ?



काठमाडौं, भदौ २४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ। गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ।

बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष नेताहरुले टुंगो लगाउने जानकारी दिएका थिए।

‘प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो। छलफल लामो भए पनि बाँकी कुरा मिलाउन भोलि पनि जारी रहन्छ,’ उनले बैठकपछि भनेका थिए।

कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो। यद्यपी सिट बाँडफाँट भने भएको छैन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot