Logo

स्रोत नखुलेको ४ लाखसहित पक्राउ



रौतहट,२४ भदौ । स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको ४ लाख ९५ हजार रुपैयाँ सहित भारत बिहार सितामढी नगरपंचायत बैरगनियाँ–१ पटेल टोला बस्ने ४५ वर्षीय लक्ष्मी कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्