Logo

चीनले चन्द्रमामा पत्ता लगायो नयाँ खनिज



एजेन्सी, २४ भाद्र । चीनले चन्द्रमामा नयाँ खनिज पद्धार्थ पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकहरुले नयाँ खनिज पद्धार्थ पत्ता लगाएको शुक्रबार घोषणा गरेका छन् ।

चाङगेसाइट वाइ नाम दिइएको खनिज पद्धार्थ १० माइक्रोन अर्धव्यासको रहेको उल्लेख छ । चिनियाँ अधिकारीले नयाँ खनिज पद्धार्थ रहेको पुष्टि गरेका छन् । यो चन्द्रमामा फेला परेको छैठौं नयाँ खनिज पद्धार्थ हो । चीन चन्द्रमामा खनिज पद्धार्थ पत्ता लगाउने दोस्रो देश भएको छ । यसअघि रुस र अमेरिकाले चन्द्रमामा खनिज पद्धार्थ पत्ता लगाएका थिए ।

चीनको चाङ ई फाइभ मिसनले १७३१ ग्राम चन्द्रमाको माटो र चट्टान पृथ्वीमा ल्याएको थियो । सन् २०२० मा ल्याएको उक्त चट्टानमा नयाँ खनिज पद्धार्थ फेला पारिएको हो ।



प्रतिक्रिया दिनुहोस्