टाेपबहादुर रायमाझीलाई धमलाकाे प्रश्न: पूर्व माओवादीहरु एमालेबाट फर्कने सम्भावना कति छ?


ठमाडौं, भदाै २५। नेकपा (एमाले)का सचिव टाेपबहादुर रायमाझीले संविधान मानिसकेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्न कुनै आपत्ति नभएकाे बताएका छन्।

‘राप्रपाले संविधान मानिसकेकाे छ। अरू बेला के के एजेन्डा बाेक्छ भन्ने कुरा त्यति महत्त्वपूर्ण हाेइन। ऊसँग सहकार्य गर्ने भनेकाे सिद्धान्त वा विचारबाट विचलित हुनु हाेइन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग उनले भने।

रायमाझीले कम्युनिस्ट घटकहरू कांग्रेसकाे नेतृत्वमा रहनु चाहिँ वैचारिक विचलन भएकाे आराेप लगाए। एमाले सचिव रायमाझीले पूर्व माओवादीहरु एमालेबाट फर्कने कुरामा कुनै सत्यता नभएकाे दाबी पनि गरे।

उनले भने, ‘पूर्व माओवादीहरु एमालेमा किन अटाउन नसक्ने? बरु माआेवादी र कांग्रेसबाट एमालेमा प्रवेश गर्ने लहर चलिरहेकाे छ।’