आज बोलाईएको संस्द बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने


काठमाडौं, २५ भदौ । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । file photo